आहा रारा गोल्डकप

व्यक्तिगत अवार्डमा संकटाको बर्चश्व

पोखरा । उपाधि विजेता संकटा फुटबल आहा रारा गोल्डकपको २२ औं संस्करणमा ब्यक्तिगत विधातर्फ पनि बर्चश्व जमाएको छ ।

संकटाका कप्तान  सुनिल बल  सर्वोत्कृष्ट खेलाडी चुनिए । पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा संकटालाई उपाधि दिलाउन निर्णायक गोल गरेका सुनिल सर्वोत्कृष्ट चुनिएका हुन् ।

फाइनलमा अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लबलाई अतिरिक्त समयमा ३–२ ले हराउँदै संकटा दोस्रपटक विजेता बनेको थियो ।

सुनिलले टेल्जीको इलेक्ट्रिक स्कुटर टाइगर प्राप्त गरे । उनलाई टेल्जी नेपालका निर्देशक सञ्जिव शिल्पकारले स्कुटरको साचो हस्तान्तरण गरेका थिए ।

यसैगरी प्रतियोगितामा संकटाका टिकेन्द्र थापा उत्कृष्ट गोलकिपर,  भुटनिज युथका हेक्टर ओर्टेगा उत्कृष्ट रक्षक,संकटका आयुष घलान उत्कृष्ट मिडफिल्डर, संकटाकै स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड  र सल्याण खड्की उत्कृष्ट प्रशिक्षक चुनिए ।

संकटाका मेसुके ओलेमोउ सर्वाधिक गोलकर्ता चुनिए ।  उनले प्रतियोगिता भर चार गोल गरेका थिए । धरान फुटबल फेयर प्ले अवार्ड प्राप्त ग¥यो।

विधागततर्फ उत्कृष्ट हुने तथा सर्वाधिक गोलकर्ताले  समान २५ हजार रुपैयाँ प्राप्त गरे ।धरानले १० हजार रुपैँया प्राप्त गरेको छ ।