श्रावण २९, २०८२ बिहीबार | ०७:१२:०६
ग्लोबल हुप फेस्टः अन्तरकलेज बास्केटबलमा ११ टोली नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने पिएसजीलाई युइएफए सुपर कपको उपाधि आरआरए क्रिकेटः अपी सेमिफाइनलमा यु-१७ फुटबल टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी अन्तरकलेज बुद्धिचालः पुरुषोत्तम सिलवाललाई उपाधि साबिक विजेता पुलिसले स्ट्याग टेबलटेनिस ग्लोबल च्याम्पियन्स लिग नखेल्ने काजकिस्तानकी लेना कोलोतीजिना काठमाडौंमा अनुबन्ध एन्फा महिला लिग छनोटको तयारी पूरा तदर्थ समितिलाई एनओसीको जवाफः लेटर प्याड, लोगो, ओलम्पिक रिङ र झण्डाको अनधिकृत प्रयोग नगर्नु ग्लोबल हुप फेस्टः अन्तरकलेज बास्केटबलमा ११ टोली नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने पिएसजीलाई युइएफए सुपर कपको उपाधि आरआरए क्रिकेटः अपी सेमिफाइनलमा यु-१७ फुटबल टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी अन्तरकलेज बुद्धिचालः पुरुषोत्तम सिलवाललाई उपाधि साबिक विजेता पुलिसले स्ट्याग टेबलटेनिस ग्लोबल च्याम्पियन्स लिग नखेल्ने काजकिस्तानकी लेना कोलोतीजिना काठमाडौंमा अनुबन्ध एन्फा महिला लिग छनोटको तयारी पूरा तदर्थ समितिलाई एनओसीको जवाफः लेटर प्याड, लोगो, ओलम्पिक रिङ र झण्डाको अनधिकृत प्रयोग नगर्नु

संकटालाई दोस्रो पटक उपाधि

उपाधि जितेपछि संकटाका खेलाडी । तस्विरः सुदर्शन रञ्जित, पोखरा

काठमाडौं । अमेरिकाको भुटनीज युथ एसीलाई अतिरिक्त समयमा ३–२ ले हराउँदै संकटा क्लबले आरारारा पोखरा गोल्डकपको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको खेलमा रोमाञ्चक जित निकाल्दै संकटाले सुनिल बलको कप्तानीमा डेब्यु उपाधि हात पार्याे ।

दोस्रो पटक उपाधि जितेको संकटाले १२ लाख पायो । यसअघि २०७७ सालमा संकटा पहिलो पटक च्याम्पियन भएको हो । उपविजेतामा सिमित बनेको भुटनीज युथ एसीले ६ लाखमा चित्त बुझायो ।

यसअघि निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । तीस मिनेटको अतिरिक्त समयमा कप्तान सुनिलले विजयी गोल गरे । एक सय १७ औं मिनेटमा कप्तान सुनिलले विदेशी खेलाडी मेसौके ओलोमोउको पासलाई गोलमा परिणत गरेका थिए ।

यसअघि खेलको आठौं मिनेटमा सुरज जिउ ठकुरीले संकटालाई अग्रता दिलाएका थिए । सुरजले  रक्षक निशान खड्काको क्रसलाई भुटनिज युथका गोलकिपर पुजन थापामगरले बचाए । तर, सोहि प्राप्त बललाई सुरजले गोल गरेका हुन् ।

खेलको ३५औं मिनेटमा विदेशी खेलाडी मेसौके ओलोमोउले संकटाको अग्रता दोब्बर बनाए । मेसौकेले कप्तान सुनिल बलको कर्नरलाई गोलमा परिणत गरेका हुन् ।

३७ औं मिनेटमा भुटनिज युथका रिनी सान्तिलोनले गोल गरेपछि खेल २–१ को स्थितिमा आयो । पहिलो हाफको इन्जुरी समयमा अमेरिकी टोलीका विली ग्रिफिथले हेड गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । ग्रिफिथले धिरज थजालीको पास सदुपयोग गरे ।

संकटाले क्वार्टरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ तथा सेमिफाइनलमा साविकको विजेता शसस्त्र प्रहरी बलको नेपाल एपिएफ फुटबल क्लबलाई ४–१ ले पराजित गरेको थियो । यसैगरी भुटनिज युथले क्वार्टरफाइनलमा सर्वाधिक ६ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी तथा सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई समान १–० ले हराउँदै पहिलो पटक फाइलनमा स्थान बनाएको थियो । प्रदिप हुँमागाईको प्रशिक्षणमा भुटनीज युथ पहिलो पटक फाइनलमा पुगेपछि उपाधिबाट बञ्चित भएको हो ।

सल्यान खड्गीको प्रशिक्षणमा रहेको संकटाले कप्तान सुनिलसँगै, रक्षक गौतम श्रेष्ठ, सुरज जिउ, आयुष घलान, टेकेन्द्र सिंहथापा सहित विदेशी खेलाडी मेसौके, स्टेफन विनोङ र आन्द्रे थेरी वियिक वियिकलाई यस प्रतियोगिताबाट डेब्यु गराएको थियो । सुनिल आफ्नो डेब्यु कप्तानीमै उपाधि जिताउन सफल भए ।

यसअघि समेत उपाधि जिताएका प्रशिक्षक खड्गीले निकै गाह्रो खेल भएको बताए । ‘खेल निकैगाह्रो भयो । अन्तिममा आएर जित निकाल्न सफल भएका छौ । निकै खुसी छुं,’ खड्गीले भने । 

 

 

 

 


भिडियो
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video