काठमाडौं । टोटनहमलाई पेनाल्टी सुटआटमा ४-३ ले पराजित गर्दै पेरिस सेन्ट जर्मन (पिएसजी) ले युइएफए सुपर कपको उपाधि जितेको छ ।
सन् २०२५ मा पिएसजीले जितेको यो पाँचौं उपाधि हो । बुधबार ब्लुइनर्जी रंगशालामा निर्धारित समय २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटहआउटबाट लिएको हो ।
सुपर कपमा युइएफए च्याम्पियन्स र युरोपा लिगका विजेता भिड्ने गर्छन् । पिएसजी च्यम्प्यिन्स तथा टेटनहम युरो लिग विजेता हुन् ।
पेनाल्टीमा पिएसजीका लागि नुनो मेन्डिस, ली काङ्ग इन, ओस्माने डेम्बेले र गोन्सालो रामोसले गोल गरे । भिटिन्हा भने चुके ।
टोटनहमका लागि पेड्रो पोरो, रोड्रिगो बेन्टानकर र डोमोनिक सोलान्केले गोल गर्दा मिकी भान डे भेन र म्याथिस टेलको प्रहार भने गोलमाफ परिणत हुन सकेन ।
त्यसअघि अन्तिम समयमा सम्हालिन नसक्दा टोटनहम निरास बन्न पुग्यो । खेलको ८५औं मिनेटसम्म लिएको २-० को अग्रतालाई टोटनहमले जोगाउन सकेन ।
खेलको ३९औं मिनेटमा मिकी भान डे भेनको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । ४८औं मिनेटमा क्रिस्टियन रोमेरोले टोलीको अग्रता दोब्बर बनाए ।
लिग काङ्ग इनले गोल गर्दै पिएसजीलाई खेलमा फर्काउने संकेत दिएका थिए । इन्जुरी समयमा गा्ेन्सालो रोमोसले पिएसजीलाई २-२ को बराबरीमा ल्याउँदा खेल पेनाल्टी सुटाउटमा धकेलियो ।