वाटफोर्ड

स्लाभेन बिलिच वाटफोर्डको नयाँ प्रशिक्षक

लन्डन । इङ्लिस च्याम्पियनसिप क्लब वाटफोर्डले स्लाभेन बिलिचलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।

वार्डफोर्डले च्याम्पियनिसपका १० खेलपछि यसअघिका मुख्य प्रशिक्षक रोब एडवार्डसलाई बर्खास्त गरेको थियो । एडवार्डसले गत सिजनमात्र भिकाराज रोडको स्थानमा वाटफोर्डको प्रशिक्षण सम्हालेका थिए ।

वाटफोर्डले सोमबार प्रशिक्षक एडवार्डस र उनका सहयोगी रिची किललाई जिम्मेवारीमुक्त गरेको जनाएको थियो ।

नयाँ प्रशिक्षक बिलिचले सन् २०१९–२० सिजन वेस्ट ब्रुमलाई प्रिमियर लिगमा बढुवा गराएका थिए । वाडफोर्डले प्रशिक्षक बिलिचसँग १८ महिनाको सम्झौता गरेको छ ।

च्याम्पियनसिपमा वाडफोर्ड अहिले तालिकाको १०औं स्थानमा छ ।