नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपतिले गर्ने

काठमाडौं । असोज अन्तिममा सुरु हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । पोखरालाई आधार बनाएर गण्डकी प्रदेशमा असोज २८ गतेदेखि हुने प्रतियोगिताबारे मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममार्फत राष्ट्रपतिबाट उद्घाटना हुने बताएको हो ।

२०७५ सालमा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदपछि कोडिभ १९ महामारीका कारण नवौं समयमा हुन सकेको थिएन ।

नवौं राष्ट्रिय खेलकुदमा ३६ वटा खेल सहभागी हुनेछन् । यस्तै प्रतियोगिता सकिएको ३५ दिनभित्र पेश्की फर्स्यौट गर्ने राखेपले बताएको छ ।