बार्सिलोना

औबामयाङप्रति आशावादी चेल्सी

मड्रिड । बार्सिलोनाका फरवार्ड पिएरी इमरिक औबामयाङ भित्र्याउनेमा इङ्लिस क्लब चेल्सी आशावादी देखिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चेल्सी र बार्सिलोना पछिल्लो समय औबामयाङसंगको सम्झौताका लागि नजिक छन् । जसका लागि दुवै क्लब २२ मिलियन युरोमा सम्झौताको लागि तयार रहेको खुलाइएको छ ।

बार्सिलोनाले यसै सिजन रोवर्ट लेवान्डोवस्की भित्र्याएसँगै क्लबमा औबामयाङको भुमिका कम देखिएको हो । औबामयाङले त्यसअघि चार वर्ष अर्को इङ्लिस क्लब आर्सनलमा बिताएका थिए ।

बार्सिलोनाका लागि २४ खेल खेल्दा १३ गोल गरेका छन् । गाबोनका अन्तर्राष्ट्रिय खेलाडी औबामयाङले देशबाट ३६ क्याप जित्दा २२ गोल गरेका छन् ।