जगजित श्रेष्ठ

जगजितको आक्रोश, ३ महिना लिग खेलेर ९ महिना बेरोजगार हुँदा किन आवाज उठाउदैनौं ?

काठमाडौं । नेपाली राष्ट्रिय टिमका खेलाडी जगजित श्रेष्ठले अबको केही हप्ताभित्र कुनै प्रतियोगिता नभए आफूले हरेक दिन त्यसको विरुद्ध आवाज उठाउने बताएका छन् । उनले यसमा आफूलाई साथ दिन पनि अपिल गरेका छन् ।

जगजितले सामाजिक सञ्जालमार्फत प्रतियोगिता नभएकोमा खेलाडी, प्रशिक्षक र रेफ्रीले किन आवाज नउठाएको भन्दै प्रश्न समेत गरेका छन् ।

‘वर्षमा ३ महिना लिग खेलेर, ९ महिना बेरोजगार हुँदा पनि.. हामी खेलाडी, रेफ्री र प्रशिक्षक किन आवाज उठाउदैनौं ? यदी अबको केही हप्तामा पनि कुनै प्रतियोगिता हुने छाट्काट भएन भने त्यसको विरुद्ध म हरेक दिन आवाज उठाउनेछु । सक्नुहुन्छ भने तपाईहरु मलाई साथ दिनुहोला । ॐ,’ जगजितले सामाजिक सञ्जालमा लेखेका छन् ।

जगजितले गएको सिजन त्रिभुवन आर्मी फुटबल क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका थिए ।