विश्व तेक्वान्दो कल्चर एक्स्पो

विश्व तेक्वान्दो कल्चर एक्स्पोमा दिपेन्द्र र प्रतिज्ञालाई स्वर्ण

काठमाडौं । नेपालका दिपेन्द्रबहादुर नेपाली र प्रतिज्ञा भण्डारीले विश्व तेक्वान्दो कल्चर एक्स्पोमा स्वर्ण पदक जितेका छन् ।

प्रतियोगिताको १५औं संस्करणमा दिपेन्द्रले सिनियर पुरुषतर्फको ८० केजीमाथि तौल समूहमा भारतका खेलाडीलाई पराजित गरे । उनले पुम्से विधामा पनि स्वर्ण पदक जिते ।

महिलातर्फको  ७० केजीमाथिको तौल समूहमा प्रतिज्ञाले इजिप्टकी खेलाडीलाई हराइन् । उनले पुम्से विधामा पनि स्वर्ण पदक जितेकी छिन् ।