म्यानचेस्टर युनाइटेड

रोनाल्डोको प्रस्ताव पिएसजीद्वारा अस्वीकार

लन्डन । म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोको प्रस्ताव पेरिस सेन्ट जर्मन (पिएसजी) ले अस्वीकार गरेको छ ।

रोनाल्डोका एजेन्ट जर्ग मेन्डिसको प्रस्ताव पिएसजीले क्लबको हालको अवस्थालाई कारण देखाउँदै अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खुलाएका छन् ।

रोनाल्डोका आगमनले पिएसजीमा उनकै सहजताअनुरुपको टिम बनाउने पर्ने हुन्छ । तर, फ्रेन्च लिग वान च्याम्पियन पिएसजीले हालैमात्र युवा फरवार्ड किलियन एमबाप्पेसँगको सम्झौता नविकरण गर्नका लागि मोटो रकम खर्चेको थियो । यसैकारण, पिएसजीले रोनाल्डो अनुबन्ध गर्दा युइएफएको आर्थिक पारदर्शिताको नियमले प्रश्न उठाउन सक्नेछ ।

यता, लियोनल मेसी र नेइमारजस्ता उच्च मुल्यका खेलाडीका कारण पनि रोनाल्डोका लागि पिएसजीले आर्थिक समस्याको सामना गर्नुपर्ने देखिन्छ ।

पिएसजीका खेलकुद निर्देशक अल खेलिफले क्लबका नयाँ प्रशिक्षक क्रिस्टोफर गाल्टियरको रणनीतिमा रोनाल्डो नरहेको समेत जनाएका छन् ।