नेपाली क्रिकेट

लिग २: नेपाल फिल्डिङमा

फाइल फोटो

एडिनबर्ग । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिम स्कटल्यान्डविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

स्कटल्यान्डको टिटउड क्रिकेट मैदानमा टस जितेपछि नेपाली टिमका कप्तान सन्दीप लामिछानेले बलिङको निर्णय लिए ।

स्कटल्यान्ड, नेपाल र नामिबियासम्मिलित शृंखलाको पहिलो खेलमा नेपाल ४० रनले पराजित भएको थियो ।

तालिकामा १७ खेल खेलेर १५ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । नेपालले लिग २ मा अझै १९ खेल्न बाँकी छ । यसक्रममा नेपालले ७ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र नौ खेलमा पराजय बेहोरेको थियो ।