सुनिल क्षेत्री

भारतले साफ च्याम्पियनसिपमा यु २३ टिम पठाउनु पर्ने कप्तान क्षेत्रीको तर्क

नयाँ दिल्ली । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले साफ च्याम्पियनसिपमा भारतले यु २३ टिम पठाउनु पर्ने बताएका छन् ।

प्रतियोगिताको सर्वाधिक सफल भारतले पछिल्लो संस्करण गरी आठ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

क्षेत्रीले युवा खेलाडीले अन्तर्राष्ट्रिय खेलको अनुभव पाउने भन्दै भारतले साफमा यु २३ टिम पठाउनु पर्ने बताएका हुन् । यद्यपि, दक्षिण एसियाली फुटबल संघले भने सुनिलको यो कुरा सहजै स्वीकार गर्ने देखिदैन ।

सन् २००९ म यु २३ को संस्करण भारतीइ यु २३ टिमले नै जितेको थियो । तर, सन् २०१८ को संस्करणमा पनि यु २३ टिम पठाएको भारत फाइनललाई मादिल्सले पराजित गर्दै उपाधि जितेको थियो ।

यस्तै, माल्दिभ्समा सम्पन्न प्रतियोगिताको पछिल्लो संस्करणको फाइनलमा नेपाललाई ३–० ले पराजित गर्दै भारतले आठौं पटक प्रतियोगिताको उपाधि जितेको थियो ।

‘राष्ट्रिय टिममा पर्याप्त समय नपाएका वा यु २३ टिमले सहभागिता जनाउनु पर्छ । यसले उनीहरुको अन्तर्राष्ट्रिय अनुभव बढाउँछ । यसो गर्दा हामीले फाइनल गुमाउन पनि सक्छौं,’ कप्तान क्षेत्रीले भने, ‘तर, हामीसँग पहिले नै आठ उपाधि छन् । पछिल्लो १५ वर्षदेखि हामीले यसमा निरन्तर आफ्नो प्रभाव छोडेका छौं । त्यसैले हामीले यो कुरामा जोखिम लिन सक्छौं ।’