कामना विष्ट

कामनाको टिम माल्दिभ्स पुलिस एक खेल अगावै सेमिफाइनलमा

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीकी स्पाइकर कामना विष्टको टिम माल्दिभ्स पुलिस क्लबले एक खेल अगावै माल्दिभ्समा जारी भलिबल एसोसियसन कप २०२२ को सेमिफाइनलमा स्थान बनाएको छ ।

माल्दिभ्सको राजधानी मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा जारी प्रतियोगितामा पोल ‘बी’ को अन्तिम खेलमा शनिबार पुलिस क्लब र भलिबल युथ जेनेरेसन प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति १०ः३० मा सुरु हुनेछ ।

तीन खेल खेलेको पुलिस सतप्रतिशत नतिजासहित सेमिफाइनलमा पुगेको हो । पुलिसले तीन खेलबाट ९ अंक बनाएको छ । युथ जेनेरेसनको भने ६ अंक छ । चार खेलमा तीन जित र एक हार बेहोरेको क्लब इगल्सको पनि समान ९ अंक छ ।

यदि आजको खेलमा पुलिसलाई सोझो सेटमा हराएमा युथ जेनेरेसनको सेमिफाइनल पुग्ने सम्भावना छ । तर, पराजय भएमा इगल्स सेफिाइनलमा पुग्नेछ ।

यसअघि नै पोल ‘बी’ बाट क्लब वाम्को र क्लब भलिबलले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

प्रतियोगितामा सहभागी १० टोलीलाई पोल ‘ए’ र पोल ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको थियो । सेमिफाइनलका खेलहरु सोमबारदेखि सुरु हनेछ ।