पाउलो डिबाला

डिबाला आफ्नो खुशीअनुसारको क्लबसँग जोडिन स्वतन्त्र छन्ः मार्टिनेज

रोम । लौटारो मार्टिनेजले इन्टर मिलानले पाउलो डिबालालाई भित्र्याउने सम्भावनाबारे आफूलाई जानकारी नभए पनि डिबाला ‘आफ्नो खुशीअनुसारको टिममा जोडिन’ स्वतन्त्र रहेको बताएका छन् ।

डिबाला युभेन्ट्ससँगको सम्झौताको अन्तिम समयमा छन् । जसले आउदो सरुवा बजारसम्म डिबालालाई युभेन्ट्सबाट फुकुवा हुँदा उनी ‘फ्रि एजेन्ट’ बन्नेछन् ।

डिबालाको भविष्यबारे हालसम्म स्पष्ट जानकारी नआए पनि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उनलाई भित्र्याउन इन्टर मिलान जोडिएको खुलाएका छन् ।

राष्ट्रिय टोलीबाट इटालीविरुद्धको खेलका लागि एकसाथ प्रशिक्षण गरिरहेका मार्टिनेजले डिबालाको भविष्य कुनै एक क्लबमा निश्चित रहेको बताए ।

‘यसबारे हालसम्म हामीले केही कुरा गरेका छैनौं । उनी अहिले राष्ट्रिय टिममा व्यस्त छन् । अन्तर्राष्ट्रिय खेलपछि मात्र उनको भविष्यबारे कुनै निर्णय आउने छ,’ मार्टिनेजले भने, ‘डिबाला एक उत्कृष्ट खेलाडी हुन् । र, मलाई आशा छ, उनी आफूले सहज महसुस गरेको क्लबाट खेल्नेछन्, जहाँ उनी खुसी हुन सक्छन् ।’