करिम बेन्जेमा

बेन्जेमाले रोनाल्डोको भूमिका परिपूर्ती गरेका छन्ः टोनी क्रुस

मड्रिड । रियाल मड्रिडका मिडफिल्डर टोनी क्रुसले करिम बेन्जेमाले क्रिस्टियानो रोनाल्डोको भूमिका परिपूर्ती गरिरहेको बताएका छन् । स्पेनिस ला लिगा र च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका बेन्जेमाले बालन डी अरका मुख्य दाबेदारको रुपमा आफूलाई उभ्याएका छन् ।

रियाल मड्रिडले आइतबार च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलको सामना गर्नेछ । यस सिजन बेन्जेमाले सबैखाले प्रतियोगिता गरी ४५ खेलमा ४४ गोल गरेका छन् । यस्तै, उनले १५ असिस्ट गरेका छन् ।

‘उत्कृष्ट खेलाडी बन्न सहज थिएन । मैले बेन्जेमालाई विगत आठ सिजनदेखि फरक–फरक भूमिकामा नियालिरहेको छु,’ क्रुसले भने, ‘उनले अहिले मड्रिडमा क्रिस्टियानो रोनाल्डोको आवश्यकता परिपूर्ती गरिरहेका छन् ।’