चैत्र ७, २०८२ शनिबार | २३:०८:४४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

उषा र कामना एकाअर्काविरुद्ध भिड्दै

काठमाडौं । माल्दिभ्समा जारी भलिबल एसोसियसन कप २०२२ मा शनिबार उषा भण्डारीको टिम दिबेही सिफान्गी क्लब र कामना बिष्टको टिम माल्दिभ्स पुलिस क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

माल्दिभ्सको सोसियल सेन्ट्रल इन्डोर हलमा जारी प्रतियोगिताको दोस्रो खेलमा सिफान्गी क्लब र माल्दिभ्स पुलिस क्लबको खेल नेपाली समयअनुसार राति १०:३० मा हुनेछ ।

मंगलबारदेखि सुरु भएको प्रतियोगिता खेल्नका लागि नेपाली राष्ट्रिय महिला भलिबल टोलीका दुई सदस्य कामना र उषा माल्दिभ्स पुगेका हुन् ।  

विभागीय टोलि नेपाल पुलिस क्लबबाट व्यवसायिक भलिबल खेल्ने गरेका यी दुई खेलाडी पहिलो पटक एक अर्का विरुद्ध भिड्न लागेका हुन् ।

पहिलो पटक एक अर्का विरुद्ध मैदानमा उत्रदा लक्ष्य जितको हुने उनीहरु बताउँछन् ।

'योभन्दा अगाडिसँगै टिमबाट खेल्न्ने गरेका थियौं । तर अहिले प्रतिस्पर्धी भएर खेल्न लागेका छौं,' कामनाले खेलाडीसँगको कुराकानीमा भनिन्, 'टिमलाई जित दिलाउने प्रयास गर्छु । खेलमा जित र हार हुन्छ । दिदिबहिनी प्रतिस्पर्धी भएर खेल्न लागेको मेरो पहिलो अनुभव हो । सकेसम्म आफ्नो सतप्रतिशत दिनेछु ।'

यस्तै उषाले जस्तोसुकै भए पनि यसमा मात्र नभएर सबै खेलमा आफ्नो सतप्रतिशत दिने बताइन् ।

'आफ्नो टिमलाई उपाधि दिलाउने प्रयास गर्छु । आफुले सक्ने गर्छु,' उनले भनिन् ।

१० टिमको सहभागिता रहेको प्रतियोगितामा उषा सम्मिलित दिबेही सिफान्गी क्लबले बुधबार क्लब हाफलाइन लिङ्कएजलाई २५–५, २५–१३, २५–९ र बिहीबार कामना सम्मिलित पुलिस क्लबले क्लब इगल्सलाई २५–१९, २५–२१, २५–२० को सोझो सेटमा हराएका थिए ।

कामना र उषाभन्दा अघि नेपालबाट माल्दिभ्सको उक्त लिगमा राष्ट्रिय टोलीकी पुर्व उपकप्तान मन्जु गुरुङ, कोपिला उप्रेती, राष्ट्रिय टोलीकी सदस्य प्रतिभा माली, सरस्वती चौधरी र कप्तान अरुणा शाहीले खेलिसकेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो