माघ १५, २०८२ बिहीबार | १७:२०:३९
एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई

उषा र कामना एकाअर्काविरुद्ध भिड्दै

काठमाडौं । माल्दिभ्समा जारी भलिबल एसोसियसन कप २०२२ मा शनिबार उषा भण्डारीको टिम दिबेही सिफान्गी क्लब र कामना बिष्टको टिम माल्दिभ्स पुलिस क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

माल्दिभ्सको सोसियल सेन्ट्रल इन्डोर हलमा जारी प्रतियोगिताको दोस्रो खेलमा सिफान्गी क्लब र माल्दिभ्स पुलिस क्लबको खेल नेपाली समयअनुसार राति १०:३० मा हुनेछ ।

मंगलबारदेखि सुरु भएको प्रतियोगिता खेल्नका लागि नेपाली राष्ट्रिय महिला भलिबल टोलीका दुई सदस्य कामना र उषा माल्दिभ्स पुगेका हुन् ।  

विभागीय टोलि नेपाल पुलिस क्लबबाट व्यवसायिक भलिबल खेल्ने गरेका यी दुई खेलाडी पहिलो पटक एक अर्का विरुद्ध भिड्न लागेका हुन् ।

पहिलो पटक एक अर्का विरुद्ध मैदानमा उत्रदा लक्ष्य जितको हुने उनीहरु बताउँछन् ।

'योभन्दा अगाडिसँगै टिमबाट खेल्न्ने गरेका थियौं । तर अहिले प्रतिस्पर्धी भएर खेल्न लागेका छौं,' कामनाले खेलाडीसँगको कुराकानीमा भनिन्, 'टिमलाई जित दिलाउने प्रयास गर्छु । खेलमा जित र हार हुन्छ । दिदिबहिनी प्रतिस्पर्धी भएर खेल्न लागेको मेरो पहिलो अनुभव हो । सकेसम्म आफ्नो सतप्रतिशत दिनेछु ।'

यस्तै उषाले जस्तोसुकै भए पनि यसमा मात्र नभएर सबै खेलमा आफ्नो सतप्रतिशत दिने बताइन् ।

'आफ्नो टिमलाई उपाधि दिलाउने प्रयास गर्छु । आफुले सक्ने गर्छु,' उनले भनिन् ।

१० टिमको सहभागिता रहेको प्रतियोगितामा उषा सम्मिलित दिबेही सिफान्गी क्लबले बुधबार क्लब हाफलाइन लिङ्कएजलाई २५–५, २५–१३, २५–९ र बिहीबार कामना सम्मिलित पुलिस क्लबले क्लब इगल्सलाई २५–१९, २५–२१, २५–२० को सोझो सेटमा हराएका थिए ।

कामना र उषाभन्दा अघि नेपालबाट माल्दिभ्सको उक्त लिगमा राष्ट्रिय टोलीकी पुर्व उपकप्तान मन्जु गुरुङ, कोपिला उप्रेती, राष्ट्रिय टोलीकी सदस्य प्रतिभा माली, सरस्वती चौधरी र कप्तान अरुणा शाहीले खेलिसकेका छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।