एनएसएल

एनएसएलको लागि एन्फाले दियो नयाँ मिति

काठमाडौं । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ मिति दिएको छ ।

शुक्रबार आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टका कार्यकारी अधिकृत सुदिप शर्माले प्रतियोगिता आयोजनाका लागि एन्फाले नयाँ समय दिएको खेलाडीलाई बताए । यसअघि प्रतियोगिताको लागि आयोजकले भदौ २५ देखि कार्तिक ५ गतेसम्मको समय माग गरेको थियो ।

‘एन्फाले प्रतियोगिता आयोजनाका लागि भदौ १५ देखि असोज २५ गतेसम्मको नयाँ समय दिएको छ,’ शर्माले भने, ‘यद्यपि, त्यसबेला पनि पानीले दुख दिन सक्ने भएकाले हामीले भदौ २५ देखि कार्तिक ५ गतेसम्म कै समय माग गरेका छौं । र, यसमा एन्फाबाट सकारात्मक प्रतिकृया आएको छ ।’

यसअघि प्रतियोगिता चैतमा आयोजना हुने भनिए पनि ‘ए’ डिभिजनका क्लबहरुले विरोध गरेपछि स्थगित भएको थियो ।