राष्ट्रिय महिला लिग

राष्ट्रिय महिला लिगः चन्द्रपुर र विराटनगरले अंक बाँडे

काठमाडौं । राष्ट्रिय महिला लिगको तेस्रो चरणमा चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले बराबरी खेल्दै अंक बाँडेका छन् ।

चितवनको भरतपुरमा सम्पन्न बुधबार तेस्रो चरणको पहिलो खेलमा चन्द्रपुरले र विराटनगरको १–१ को बराबरी खेले ।

खेलको ४१औं मिनेटमा मीना खातुनको गोलबाट विराटनगरले अग्रता लिएको थियो । तर, रजनी थोकरले ५४औं मिनेटमा गोल फर्काउँदै चन्द्रपुरलाई बराबरी ल्याइन् ।

यो बराबरीसँगै दोस्रो चरणको अन्त्यसम्म अंकविहीन चन्द्रपुरले खाता खोलेको छ । लिगमा तीन खेलेको चन्द्रपुरले एक अंक जोड्दा विराटनगरले समान खेलबाट चार अंक जोडेको छ ।

दुई खेलबाट सशस्त्र प्रहरी बलको एपिएफ क्लब र धनगढी उपमहानगरपालिकाले समान ६ अंक जोडेका छन् । यस्तै, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र ललितपुर महानगरपलिकाले समान तीन अंक जोडेका छन् । बुधबारै हुने अर्को खेलमा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुदैँछ ।