लिभरपुल

च्याम्पियन्स लिग ड्रः इङ्लिस प्रतिद्वन्दी नपरेकोमा खुसी क्लोप

लन्डन । मुख्य प्रशिक्षक जर्गेन क्लोपले च्याम्पियन्स लिगको अन्तिम आठमा लिभरपुललाई इङ्लिस प्रतिद्वन्दी नपरेकोमा आफू निकै खुसी रहेको बताएका छन् ।

शुक्रबार भएको च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलमा लिभरपुलले पोर्चुगिच क्लब बेन्फिकालाई प्रतिद्वन्दी पाएको थियो । इङ्लिस प्रिमियर लिगको लिभरपुलसँगै म्यानचेस्टर सिटी र चेल्सीले च्याम्पियन्स लिगको क्वार्टरफाइलनमा स्थान बनाएका छन् ।

ड्रअनुसार चेल्सी र सिटी दुबै टोलीले स्पेनिस क्लब क्रमशः रियाल मड्रिड र एथ्लेटिको मड्रिडलाई प्रतिद्वन्दीको रुपमा पाएका छन् ।

‘एकमात्र कुरा जुन मेरो चाहनाभित्र पर्दैन । म बाँकी सबै क्लबविरुद्ध खेल्न तयार छु तर, इङ्लिस क्लब नै प्रतिद्वन्दी परोस भन्ने मेरो चाहना थिएन,’ उनले भने, ‘यसअघि हामीले सन् २०१८ मा सिटी र सन् २०१९ को फाइनलमा टोटनहमको चुनौती पन्छाएका थियौं । तर, अहिले इङ्लिस क्लब नपरेकोमा खुसी छु ।’

युरोपियन प्रतिस्पर्धामा लिभरपुलले आठ पटक बेन्फिकालाई प्रतिद्वन्दीको रुपमा पाएको छ ।