इन्टर मिलान

इन्टर राम्रो नतिजाको योग्यः इन्जाघी

लन्डन । मुख्य प्रशिक्षक सिमोन इन्जाघीले इन्टर मिलान प्रदर्शनअनुसार हालको नतिजाभन्दा धेरै राम्रो नतिजाको योग्य भएको बताएका छन् । इन्टरले पछिल्लो शीर्ष आठ खेलहरुमध्ये दुई खेलमा जित निकालेको छ ।

इटालियन सिरी ‘ए’ तालिकाको शीर्ष स्थानमा रहेको एसी मिलानभन्दा इन्टर चार अंक पछाडी छ । २९ खेलमा ६३ अंक जोडेको एसी मिलान शीर्ष स्थानमा र २८ खेलमा ५९ अंकसहित इन्टर तेस्रो स्थानमा छन् ।

शनिबार फियोरिन्टासँगको खेलअघि इन्टरको पछिल्ला नतिजाले केही फरक नपुर्याउने इन्जाघीले बताए ।

‘निसन्देह, पछिल्लो समयमा हामीले योग्यता भन्दा कम नतिजा पाएका छौँ,’ उनले भने, ‘तर, खेलाडीहरुले मैदानमा राम्रो प्रदर्शन गरेका थिए, त्यसैको आधारमा राम्रो नतिजा हात पार्ने ठूलो इच्छा छ ।’