इन्डियन वेल्स

इन्डियन वेल्सः वरीयताको शीर्ष स्थानकी हालेप पराजित

क्लालिर्फोनिया । विश्व वरीयताको शीर्ष स्थानकी सिमोना हालेपलाई सोझो सेटमा हराउँदै वुमन्स टेनिस एसोसियसनकी सबैभन्दा कान्छी खेलाडी इगा स्वायटेक शुक्रबार बीएनपी परिवास इन्डियन वेल्स ओपनको उपाधि नजिक पुगेकी छन् ।

शुक्रबार सम्पन्न सेमिफाइनलमा स्वायटेकले रोमनियाकी हालेपलाई ७–६ (८–६), ६–४ को सोझो सेटमा पराजित गर्दै फाइनलमा वरीयताको छैटौं स्थानकी मारिया सक्कारीसँगको भेट पक्का गरिन् । इन्डियन वेल्सको फाइनल आइतबार हुँदैछ ।

यस्तै, सेमिफाइनलको अर्काे खेलमा सक्कारीले वरीयताको चौथों स्थानकी खेलाडी तथा साबिक विजेता पाउला बडोसालाई ६–२, ४–६, ६–१ को सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरिन् ।