आयाक्स

आयाक्सका फुटबल निर्देशक ओभरमार्सले पद छोडे

एम्स्टरड्याम । महिला सहकर्मीलाई गलत सन्देश पठाएको आरोप सार्वजनिक भएपछि आयाक्सका फुटबल निर्देशक मार्क ओभरमार्सले सोमबार पद छोडेका छन् ।

आइतबार बोर्ड र सिइओ एनविन भान डी सारबीचको बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको एर्डिभिसीले पुष्टि गरेको थियो ।

पूर्व आयाक्स, आर्सनल र बार्सिलोनाका विंगर ओभरमार्स सन् २०१२ मा आयाक्सको फुटबल निर्देशकको पदमा नियुक्त भएका थिए । र, उनले डिसेम्बरमा २०२६ सम्मको लागि आयाक्ससँग सम्झौता नवीकरण समेत गरेका थिए ।

‘लामो समयदेखि ओभरमार्सले महिला सहकर्मीलाई गलत सन्देश पठाएको पुष्टि भएपछि ओभरमार्सले क्लब छोड्ने निर्णयलाई सदर गर्दछ,’ क्लबले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै, ओभरमार्सले आफुले गरेको व्यवहारप्रति लज्जित रहेकाे बताए ।

‘म लज्जित छु । गत साता पत्रकारहरुको सामना गरे,’ उनले भने, ‘मैले आफ्नो हद पार गरेको महसुस गरिरहेको महसुस गर्न सकिन् । तर, पछिल्ला केही दिनयता मैले मेरो कार्यप्रति स्पष्ट भएको छु । यसका लागि म माफी चाहन्छु’, ओभरमार्सले भने, ‘मेरो अहोदामा हुने कुनै पनि व्यक्तिका लागि मेरो व्यवहार स्वीकार्य छैन । र, मैले अहिले यो गलत हो भन्ने महसुस गरेको छु तर निकै ढिलो भइसकेको छ । मैले आयाक्स छोड्नुको कुनै विकल्प छैन ।’