एनएसएल

सुपर लिग दोस्रो संस्करण: चैत २६ देखि, तीन नयाँ टिम

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत अन्तिम सातादेखि सुरु हुने भएको छ । नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा एनएसएलको पहिलो संस्करण वैशाखमा सम्पन्न भएको थियो ।

पोखरा र काठमाडौं गरी दुई शहरमा हुने प्रतियोगिता जेठ ७ गतेसम्म चल्ने छ भने तीन नयाँ टोली थपिने भएका छन् । यसअघि पहिलो संस्करणमा ७ टोलीको सहभागिता थियो ।

प्रतियोगिताको सुरुआत पोखरामा हुने र प्रतियोगिताको दोस्रो चरण काठमाडौंमा हुने आयोजकले जानकारी दिएको छ । कोभिड १९ को अवस्थाअनुसार तय भएको योजनामा फेरबदल हुन सक्ने र खेल एउटै शहरमा आयोजना गर्न सकिने पनि आयोजकले बताएको छ ।

आगामी संस्करणबाट थपिने तीन टोलीका लागि फेब्रुअरीमा अक्सन गर्ने आयोजकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।