सहिद स्मारक ‘ए’ डिभिजन लिग

हिमालयन शेर्पाकाे पहिलाे जित

काठमाडौं । हिमालयन शेर्पाले सहिद स्मारक 'ए' डिभिजन लिगमा आइतबार पहिलाे जित निकालेकाे छ । हिमालयन शेर्पाले बिग्रेड ब्वाइज क्लब (बिबिसी) लाई ३-१ ले पराजित गरेकाे हाे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा हिमालयन शेर्पाका लागि मुतम्बा पिस्टोनि, सुरेस कुमाल र मनिस थापाले समान एक गोल गरे । 

हिमालयन शेर्पाले पाँचौं मिनेटमा मुतम्बाको गोलबाट अग्रता लिएको थियाे । ५३औं मिनेटमा भुवन बस्नेतले गरेकाे गाेलबाट बिबिसी खेलमा फर्कियाे ।

७५औं मिनेटमा सुरेसले गाेल गर्दै हिमालयन शेर्पालाई २-१ काे अवस्थामा पुर्याए । इन्जुरी समयमा मनिसले गोल गरेपछि हिमालयन शेर्पाले लिगमा पहिलाे जित निश्चित गर्याे ।

जितसँगै पाँच खेलबाट पाँच अंक जोडेकाे हिमालयन शेर्पा आठाैं स्थानमा उक्लिएको छ । समान खेलबाट पाँचै अंक जोडेको बिबिसी १०औं स्थानमा छ ।