सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलाे हाफमा हिमालयन शेर्पा १-० ले अघि

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगअन्तर्गत आइतबार हिमालयन शेर्पाले बिग्रेड ब्वाइज क्लब(बिबिसी) विरुद्ध पहिलो हाफमा १-० को अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा मिडफिल्डर मुतम्बा पिस्टोनिले पाँचौं मिनेटमा गरेकाे गाेलबाट हिमालयन शेर्पाले अग्रता बनाएकाे हाे।

लिगमा चार खेलबाट दुई अंकमात्र जोडेको  हिमालयन शेर्पा रेलिगेशन क्षेत्रमा छ। भने समान चार खेलबाटै पाँच अंक जोडेको बिबिसी तालिकाको आठौं स्थानमा छ ।