स्पेनिस ला लिगा

सेभियाको रोमाञ्चक जित

काठमाडौं । सेभिया स्पेनिस ला लिगमा सोमबार मालोर्काविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।

जितसँगै ३२ खेलमा ३७ अंक जोडेको सेभिया १२औं स्थानमा उक्लिएको छ । पराजित मालोर्का समान खेलबाट ३१ अंकका १६औं स्थानमा छ ।

घरेलु मैदान रामोन साञ्चेज पिज्जुआन रंगशालामा खेलको ६१औं मिनेटमा युसेफ एन नेसिरीको गोलमार्फत सेभियाले अग्रता लियो । उनले सुसोको पासलाई पोस्टको दिशा दिए ।

इसाक रोमेरोले ७५औं मिनेटमा युसेफको पासलाई सदुपयोग गर्दै टोलीको अग्रता दोब्बर बनाए।

इन्जुरी समयमा अब्दोन प्राट्सले सर्गी डार्डरको पासलाई पोस्टको दिशा दिँदै मालोर्कालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।