वेष्ट इन्डिज-नेपाल शृंखला

४९ टेष्ट खेलेका चेशको कप्तानीमा वेष्ट इन्डिज नेपाल आउने

काठमाडौं । ४९ टेष्ट, ४५ एकदिवसीय र ११ ट्वान्टी २० आई क्रिकेट खेलेका ३२ वर्षीय अनुभवी रोस्टन चेशको कप्तानीमा वेष्ट इन्डिज ‘ए’ टिम नेपाल भ्रमणमा आउने भएको छ । वेस्टइन्डिज क्रिकेट बोर्डले नेपालसँग पाँच खेल खेल्ने बलियो टोली घोषणा गरेको हो ।

दुई पटक विश्वकप जितेको वेष्ट इन्डिजको उपकप्तानमा २५ वर्षीय एलिक एथानाजे छन् । उनले चार टेष्ट, १० एकदिवसीय खेल खेलेका छन् । टोलीमा सन् २०१६ को विश्वकप  खेलेका जोनसन चाल्र्स पनि छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको पहिलो खेल शनिबार हुनेछ । दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

वेस्टइन्डिज पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको हो । यो सिरिजलाई ऐतिहासिक मानिएको छ । नेपाल र वेष्ट इन्डिज दुबै टी–२० विश्वकप खेल्दैछन् । त्यसअघि यो तयारी स्वरुप यो सिरिज हुन लागेको हो । नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले गर्नेछन् । प्रशिक्षक मोन्टी देशाईले यो सिरिजको लागि टोली घोषणा गर्न बाँकी नै छ ।

वेस्टइन्डिजको टोलीः 
रोस्टन चेश (कप्तान), एलिक एथानाजे (उपकप्तान), जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, मार्क दयाल, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स