इटालियन सिरी ए

इन्टर मिलानलाई सिरी ए उपाधि

काठमाडौं । मिलान डर्बीमा एसि मिलानलाई २–१ ले हराउँदै इन्टर मिलानले इटालियन सिरी ए को उपाधि जितेको छ । इन्टरले लगातार दोस्रो र समग्रमा २०औं पटक उपाधि जित्दै दुई स्टार बनाएको हो ।

इन्टरको ३३ खेलबाट ८६ अंक  छ । इन्टरले १७ अंकको अग्रता बनाउँदै च्याम्पियन भएको हो । इन्टरले २७ खेल जित्दा पाँच बराबरी र एक हार बेहोरेको छ । ७९ गोल गर्दा मात्र १८ गोल बेहोरेको छ । दोस्रो स्थानमा रहेको एसि मिलानको समान खेलबाट ६९ अंक छ । युभेन्ट्स ६४ अंकसहित तेस्रो स्थानमा रह्यो ।

सान सिरोमा ७५ हजार समर्थक अगाडि इन्टरलाई जित दिलाउन फ्रान्सिस्को असर्वी र मार्काेस थुरामले गोल गरेका हुन् । एसि मिलानको लागि फिकायो टोमोरीले गोल गरे । खेलको अन्तिम समय रेफ्रीले एसि मिलानका दुई र इन्टरका एक खेलाडीलाई रातो कार्ड देखाउन परेको थियो ।

असवीको गोलमा १८औं मिनेटमा इन्टरले अग्रता बनाएको थियो । थुरामले दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै अग्रता दोब्बर बनाएका हुन् । ८०औं मिनेटमा टोमोरीले गोल गरे । तर, त्यसपछि गोल हुन सकेन ।

७ मिनेट खेलाइएको इन्जुरी समयमा एसि मिलानका  थिओ हर्नान्डेज र डेविड कालाव्रिया तथा इन्टरका डेन्जेल डुमफ्रिसले रातो कार्ड बेहोरेको हुन् ।