स्पेनिस ला लिगा

बार्सिलोनाको कठिन जित

काठमाडौं । घरेलु टोली बार्सिलोनाले स्पेनिस ला लिगमा शनिबार लस पाल्मसमाथि १-० को कठिन जित निकालेको छ ।

वैकल्पिक मैदान लुइस कम्पनी ओलम्पिक रंगशालमा राफिन्हाले गरेको एक मात्र गोल बार्सिलोनालाई जित दिलाउन पर्याप्त बन्यो ।

जितसँगै ३० खेलमा ६७ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ । पराजित पाल्मस समान खेलबाट ३० अंकका साथ १२औं स्थानमा छ ।

राफिन्हाले ५९औँ मिनेटमा जाआओ फिलिक्सको पासलाई पोस्टको दिशा दिए । त्यसअघि १९औँ मिनेटमा राफिन्हाले गोल गरे पनि भिएआरले त्यसलाई मान्यता दिएन ।