साउदी प्रो लिग

अल नासरको फराकिलो जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं ।  कप्तान क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनप्रेरित अल नासरले साउदी प्रो लिगमा शनिबार अल टाइमाथि ५-१ को फराकिलो जित निकालेको छ ।

घरेलु मैदान अल अवाल रंगशालामा अल नासलाई जित दिलाउन रोनाल्डोले ह्याट्रिक पूरा गर्दा अब्दुलरहमान घरीब र ओटाभियोको नाममा एक गोल रह्यो । अल टाइका भिर्गिल मिसिडजानले एक गोल फर्काएका थिए ।

जितसँगै २५ खेलमा ५९ अंक जोडेको अल नासर दोस्रो स्थानमा छ । पराजित अल टाइ समान खेलबाट २२ अंकका साथ १६औं स्थानमा छ ।

खेलको २०औं मिनेटमा ओटाभियोको गोलमार्फत अल नासरले अग्रता लिएको थियो । अल नासरको योग अग्रता लामो समयसम्म टिक्न भने सकेन ।

दुई मिनेटपछि नै मिसिडजानले अल टाइलाई बराबरीमा ल्याए । मिसिडजानले ३६औं मिनेटमा दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि अल टाइ  १० खेलाडीका समेटिएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा घरीबले अल नासलाई २-१ ले अगाडि बढाए ।  ६४औं मिनेटमा रोनाल्डोले टोलीका लागि तेस्रो गोल गरे ।

तीन मिनेटपछि नै रोनाल्डोले ब्यक्तिगत दोस्रो गोल गर्दा अल नाससको अग्रता ४-१ पुग्यो । ८७औं मिनेटमा रोनाल्डोले ह्याटिङक पूरा गर्दै टोलीलाई ५-१ को फराकिलो जित दिलाए ।

लिग अन्तर्गतको अर्को खेलमा अल हिलालले अल शबाब एफसीमाथि  ४-३ को रोमाञ्चक जित निकाल्यो ।