इङ्लिस प्रिमियर लिग

बर्नेलीसँग बराबरीमा रोकियो चेल्सी

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा शनिबार घरेलु टोली चेल्सी बर्नेलीसँग २–२ को बराबरीमा रोकिएको छ ।

घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा चेल्सीका लागि दुवै गोल कोल पाल्मरले गरे । बर्नेलीका लागि जोस कुलेन र डारा ओ’शिएले गोल गरे ।

यो नतिजासँगै २८ खेलमा ४० अंक जोडेको चेल्सी ११औं स्थानमा छ । बर्नली भने ३० खेलमा १८ अंकसहित १९औं  स्थानमा छ ।


खेलको ४४औं मिनेटमा पोल्मेरको पेनाल्टी गोलमार्फत चेल्सीले अग्रता लियो । लोरेन्ज एसिङ्गनले मुखाइलो मुड्रिकमाथि फाउल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो ।

सो फउलमा दोहोरो पहेंलो कार्ड ब्यहोर्दै एसिङ्गन मैदान छाडेपछि बर्नेली १० खेलाडीमा समेटियो ।

चेल्सीको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । तीन मिनेटपछि नै  जोस ब्राउनहिलको क्रसमा कुलेनले गोल गर्दै बर्नेलीलाई बारबरीमा ल्याए ।

पाल्मरले ब्यक्गित दोस्रो गोल गर्दै  ७८औं मिनेटमा चेल्सीलार्य २-१ ले अगाडि बढाए । पाल्मेरले रहिम स्टर्लिङको पासलाई पोस्टको दिशा दिलाए ।

यस पटक पनि चेल्सीले अफ्नो अग्रता लामो समय टिकाउन सकेन । तीन मिनेटपछि नै ओ’ शिएले बर्नेलीलाई २-२ को स्थितीमा ल्याए ।  कुलेनको क्रसलाई ओ ’शिएले हेडमार्फत जाली चुमाए ।

लिग अन्तर्गतकै अन्य खेलमा टोटन हमले लुटोन टाउन तथा बर्नमाउनले एभर्टनलाई समान २-१, एस्टन भिल्लाले उल्भरह्यामटनलाई २-० र  न्युक्यासल युनाइटेडले वेस्ट हम युनाइटेडलाई ४-३ ले पराजित गरे ।

 यसैगरी म्यानचेस्टर युनाइटेड ब्रेन्टफोर्ड र नटिङघम फरेस्ट क्रिस्टल प्यालेससँग समान १-१ तथा सेफिल्ड युनाइटेड फुलहमसँग ३-३ को बराबरीमा रोकिए ।