जर्मन बुन्डेसलिगा

बायर्न घरेलु मैदानमै पराजित

काठमाडौं । जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख घरेलु मैदानमै बोरुसिया डर्टमन्डसँग २-० ले पराजित भएको छ । डर्टमन्डले बायर्नलाई सन् २०१९ पछि पहिलो पटक पराजित गरेको हो ।

एलियान्ज एरिनमा शनिबार डर्टमन्डलाई जित दिलाउन करिम अडेमी, जुलियन रायरसन गोल गरे ।

जितसँगै २७ खेलमा ५३ अंक जोडेको डर्टमन्ड चौथो स्थानमा छ । परुाजित बायर्न समान खेलबाट ६० अंकका साथ दोस्रो स्थानमा छ ।

खेलको १०औं मिनेटमा अडेमीको गोलमार्फत डर्टमन्डले अग्रता लियो । उनले जिलियन ब्रान्डटले पासलाई पोस्टको दिशा दिए ।

निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा रायरसनले गोल गर्दै डर्टमन्डलाई २-० को जित दिलाए । उनले सबास्टियन हेलरले उपलब्ध गराएको बललाई जाली चुमाए ।