सावित्रा भण्डारी

सावित्रासम्मिलित गेङगाम्प पराजित

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारीसम्मिलित एना भान गेङगाम्प फ्रेन्च महिला शीर्ष डिभिजन लिग डिभिजन वान फिमिनिनेमा घरेलु टोली डिजोनसँग २-० ले पराजित भएको  पराजित भएको छ ।

ग्यास्टन जेरार्ड रंगशालमा शनिबार डिजोनलाई जित दिलाउन क्लाउडिया जेडलिन्स्का र रोज लवाउडले गोल गरे ।

जितसँगै १८ खेलमा १९ अंक जोडेको डिजोन आठौं स्थानमा छ । पराजित गेङगाम्प समान खेलबाट १५ अंकका साथ १०औं स्थानमा छ ।

खेलको आठौं मिनेटमा जोडलिन्स्काको गोलमार्फत डिजोनले अग्रता लियो । उनले ओसियन पिकार्डको पासलाई सदुपयोग गरिन् । ७१औं मिनेटमा लवाउडले गोल गर्दै डिजोनलाई २ ० को जित दिलाइन् ।

पहिलो रोजाइमै मौका पाएकी सावित्राले पूरा समय मैदानमा बिताइन् ।