चैत्र १४, २०८२ शनिबार | १४:४९:४९
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

फखरउद्दिन र अनुश्री सर्वोकृष्ट

फखरउद्दिन

काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

दुवैले आ-आफ्नो टोलीलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका थिए । उनीहरुले जनही ४० हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी महिलाको विधागत उत्कृष्टमा पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, एभरेस्टकी अरुणा शाही सेटर, एपिएफकी सरस्वती चौधरी सर्भर, एभरेस्टकी सूर्या ब्लकर, पुलिसकी , शान्तिकला तामाङ लिबेरो र एभरेस्टका अर्जुन घिमिरे प्रशिक्षक चुनिए ।

यस्तै पुरुषतर्फको विधागत उत्कृष्टमा हेल्प नेपालका उस्मान फरयाद अली स्पाइकर, पुलिसका इमबहादुर राना सेटर, आर्मीका धनबहादुर भट्ट सर्भर, आर्मीकै दुर्गाबहादुर खड्का ब्लकर, हेल्प नेपालका टोपबहादुर थापा ‘दीपक’ लिबेरो र हेल्प नेपालकै उत्सव खड्का  प्रशिक्षक धोषित भए ।

दुवैतर्फको विधागत उत्कृष्टले जनही १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डह लमा शनिबार भएको पुरुषतर्फको फाइनलमा  विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३-२  सेटको रोमाञ्चक जित निकाल्दै हेल्प नेपालले उपाधि रक्षा गरेको थियो ।

यता महिलातर्फ पहिलो पटक च्याम्पियन बन्ने क्रममा एभरेस्टले नेपाल पुलिस क्लबमाथि ३-१ सेटको जित निकाल्यो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो