रियाल मड्रिड

आर्नोल्ड भित्र्याउने रियालको इच्छा

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले इङ्लिस रक्षक ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड अनुबन्धमा इच्छा देखाएको छ। रियालले इङ्लिस क्लब लिभरपुलबाट आर्नोल्डलाई भित्र्याउन चाहेको हो । 

लिभरपुल युथ एकेडेमीकै उत्पादन आर्नोल्ड र क्लबबीचको सम्झौता अर्को वर्ष सकिँदैछ । सन् २०१६ मा सिनियर टोलीका लागि ‘डेब्यू’ गरेका आर्नोल्डले २१९ प्रिमियर लिग खेलमा १४ गोल गरेका छन् ।

यसैगरी रियाल जर्मन क्लब बायर्न म्युनिखबाट क्यानडियन रक्षक अल्फन्सो डेभिसलाई पनि अनुबन्ध गर्ने प्रयासमा छ ।