माघ १६, २०८२ शुक्रबार | १०:३६:५९
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

पुलिसलाई हराउँदै एभरेस्ट पहिलो पटक च्याम्पियन

काठमाडौं । एभरेस्ट भलिबल क्लब आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ च्याम्पियन बनेको छ । एभरेस्टले पहिलो पटक कुनै पनि राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा शनिबार सम्पन्न फाइनलमा एभरेस्टले विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३-१ सेटको  पुनरागमन जित निकाल्यो ।

यससँगै एभरेस्टले समूह चरणमा ब्यहोरेको हारको बदला पनि लिएको । समूह चरणमा पुलिसले ३-२ को सेटमा जित निकालेको थियो ।

पहिलो सेट १९-२५ ले गुमाए पनि एभरेस्टले त्यसपछिका तीन सेट २५-२२, २५-१८, २५-१९ ले आफ्नो पक्षमा पार्यो ।

एभरेस्टले न्युडयमन्ड स्पोर्टस क्लब र पुलिसले नेपाल एपिएफ क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

उपाधिसँगै एभरेस्टले ५ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता पुलिसले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

यसैगरी महिलातर्फ एपिएफ र पुरुषतर्फ पुलिसले तेस्रो स्थान हासिल गरे ।

एपिएफले न्यु डायमन्डलाई २५-२२, २३-२५, २५-१४, २५-२१ तथा पुलिसले गण्डकी प्रदेशलाई २५-१६, २५-२०,२९-२७ ले हराए । दुवैतर्फ तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरे ।

पुरुषतर्फको उपाधिका लागि साविक विजेता हेल्प नेपाल स्पोर्टस क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।