चैत्र ८, २०८२ आइतबार | १२:१९:५१
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

पुलिसलाई हराउँदै एभरेस्ट पहिलो पटक च्याम्पियन

काठमाडौं । एभरेस्ट भलिबल क्लब आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ च्याम्पियन बनेको छ । एभरेस्टले पहिलो पटक कुनै पनि राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा शनिबार सम्पन्न फाइनलमा एभरेस्टले विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३-१ सेटको  पुनरागमन जित निकाल्यो ।

यससँगै एभरेस्टले समूह चरणमा ब्यहोरेको हारको बदला पनि लिएको । समूह चरणमा पुलिसले ३-२ को सेटमा जित निकालेको थियो ।

पहिलो सेट १९-२५ ले गुमाए पनि एभरेस्टले त्यसपछिका तीन सेट २५-२२, २५-१८, २५-१९ ले आफ्नो पक्षमा पार्यो ।

एभरेस्टले न्युडयमन्ड स्पोर्टस क्लब र पुलिसले नेपाल एपिएफ क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

उपाधिसँगै एभरेस्टले ५ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता पुलिसले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

यसैगरी महिलातर्फ एपिएफ र पुरुषतर्फ पुलिसले तेस्रो स्थान हासिल गरे ।

एपिएफले न्यु डायमन्डलाई २५-२२, २३-२५, २५-१४, २५-२१ तथा पुलिसले गण्डकी प्रदेशलाई २५-१६, २५-२०,२९-२७ ले हराए । दुवैतर्फ तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरे ।

पुरुषतर्फको उपाधिका लागि साविक विजेता हेल्प नेपाल स्पोर्टस क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो