चैत्र १२, २०८२ बिहीबार | १४:३७:४४
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

हेल्प नेपाल लगातार दोस्रो पटक च्याम्पियन

काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लब आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ च्याम्पियन बनेको छ । हेल्प नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्ड हलमा शनिबार सम्पन्न फाइनलमा हेल्प नेपालले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३-२ सेटको रोमाञ्चक जित निकाल्यो ।

पहिलो सेट २०-२५ ले गुमाएको हेल्प नेपालले रोमाञ्चक दोस्रो सेट २-२५ ले आफ्नो पक्षमा पार्यो । चौथो सेटमा भने हेल्प नेपाल २३-२५ ले पछि पर्यो ।

प्रतिस्पर्धात्मक थौथो सेटमा २९-२७ को जित निकाल्दै हेल्प नेपालले खेललाई पाँचौं सेटसम्म लम्बाएको थियो । पाँचौं तथा निर्णायक सेटमा २२-२० को रोमाञ्चक जित निकाल्दै हेल्प नेपालले उपाधि रक्षा गर्यो ।

हेल्प नेपालले गण्डकी प्रदेश तथा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

यसैगरी महिलातर्फ एभरेस्ट भलिबल क्लब पुलिसमाथि ३-१ सेटको पुनरागमन जित निकाल्दै च्याम्पियन बन्यो । एभरेस्टले पहिलो पटक कुनै पनि राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको हो ।

पहिलो सेट १९-२५ ले गुमाए पनि एभरेस्टले त्यसपछिका तीन सेट २५-२२, २५-१८, २५-१९ ले आफ्नो पक्षमा पार्यो ।

दुवैतर्फका ५ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

यस्तै महिलातर्फ एपिएफ र पुरुषतर्फ पुलिसले तेस्रो स्थान हासिल गरे ।

एपिएफले न्यु डायमन्डलाई २५-२२, २३-२५, २५-१४, २५-२१ तथा पुलिसले गण्डकी प्रदेशलाई २५-१६, २५-२०,२९-२७ ले हराए । दुवैतर्फ तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो