माघ १८, २०८२ आइतबार | ११:५३:१३
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

हेल्प नेपाल लगातार दोस्रो पटक च्याम्पियन

काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लब आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ च्याम्पियन बनेको छ । हेल्प नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्ड हलमा शनिबार सम्पन्न फाइनलमा हेल्प नेपालले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३-२ सेटको रोमाञ्चक जित निकाल्यो ।

पहिलो सेट २०-२५ ले गुमाएको हेल्प नेपालले रोमाञ्चक दोस्रो सेट २-२५ ले आफ्नो पक्षमा पार्यो । चौथो सेटमा भने हेल्प नेपाल २३-२५ ले पछि पर्यो ।

प्रतिस्पर्धात्मक थौथो सेटमा २९-२७ को जित निकाल्दै हेल्प नेपालले खेललाई पाँचौं सेटसम्म लम्बाएको थियो । पाँचौं तथा निर्णायक सेटमा २२-२० को रोमाञ्चक जित निकाल्दै हेल्प नेपालले उपाधि रक्षा गर्यो ।

हेल्प नेपालले गण्डकी प्रदेश तथा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

यसैगरी महिलातर्फ एभरेस्ट भलिबल क्लब पुलिसमाथि ३-१ सेटको पुनरागमन जित निकाल्दै च्याम्पियन बन्यो । एभरेस्टले पहिलो पटक कुनै पनि राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको हो ।

पहिलो सेट १९-२५ ले गुमाए पनि एभरेस्टले त्यसपछिका तीन सेट २५-२२, २५-१८, २५-१९ ले आफ्नो पक्षमा पार्यो ।

दुवैतर्फका ५ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

यस्तै महिलातर्फ एपिएफ र पुरुषतर्फ पुलिसले तेस्रो स्थान हासिल गरे ।

एपिएफले न्यु डायमन्डलाई २५-२२, २३-२५, २५-१४, २५-२१ तथा पुलिसले गण्डकी प्रदेशलाई २५-१६, २५-२०,२९-२७ ले हराए । दुवैतर्फ तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।