इङ्ल्यान्ड

साका इङ्ल्यान्डको टोली बाहिर

काठमाडौं । आर्सनलका विंगर बुकायो साका चोटका कारण इङ्ल्यान्डको टोलीबाट बाहिरिएका छन् ।

चोटका कारण २२ वर्षीय साका राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी हुन सकेका थिएनन्। फुटबल संघले साता सुरुआतमै साकालाई चोट लागेको बताएको छ ।

साका मार्च १ मा मात्र मैदान फिर्किएका थिए ।

इङ्ल्यान्डले शनिबार वेम्बलीमा ब्राजिलको सामना गर्दैछ । त्यसपछि इङ्ल्यान्ड्ले मार्च २६ मा बेल्जियमको राष्ट्रिय रंगशालामा  घरेलु टोलीको सामना गर्नेछ ।