स्पेनिस ला लिगा

हर्नान्डेजलाई दुई खेलको प्रतिबन्ध

काठमाडौं । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजमाथि दुई खेलको प्रतिबन्ध लागेको छ।

हर्नान्डेजले मार्च १८ मा सम्पन्न एटलेटिको मड्रिडविरुद्धको खेलमा रेफ्रीसँग अनावश्यक विवाद गरेका कारण रातो कार्ड को सामना गरेका थिए ।  

रातो कार्डपछि ला लिगाको प्रतियोगिता कमिटीले उनलाई कारबाही गरेको हो । यसैगरी हर्नान्डेजलाई ६ सय तथा बार्सिलोनालाई ७ सय युरो जरिवाना लगाइएको छ।

यो प्रतिबन्धपछि हर्नान्डेज मार्च ३१ मा हुने लस पलमास र अप्रिल १४ मा हुने काडिजविरुद्धको खेलमा टचलाइनमा हुने छैनन्।