कतार विश्वकप २०२२

टोलीको प्राथमिकता विश्वकप टिकट हो, खेलाडीको पुनरागमन होइनः मार्टिनेज

ब्रसेल्स । बेल्जियमका प्रशिक्षक रोबेर्टो मार्टिनेजले आफ्ना लागि इन्जुरीबाट फर्किरहेका स्ट्राइकर इडेन हजार्ड अवस्थाभन्दा पनि  टोलीलाई अर्को वर्ष हुने कतार विश्वकपमा छनोट गराउनु पहिलो प्राथमिकता रहेको बताएका छन्  ।

विश्वकप छनोटको युरोपियन छनोटमा समूह ‘इ’ को शीर्ष स्थानमा रहेकोे बेल्जियमले दोस्रो स्थानको चेक रिपब्लिकसँग पाँच अंकको अग्रता कायम गरिसकेको छ । 

बेल्जियमले छनोटअन्तर्गत शनिबार इस्टोनियाविरुद्ध जित निकाले विश्वकपको टिकट काट्ने छ ।

‘अहिले हामी सबै विश्वकपमा स्थान सुरक्षित गर्ने लक्ष्यमा जुटेका छौं,’मार्टिनेजले भने,  हाम्रो पहिलो प्राथमिकता विश्वकपमा स्थान बनाउनु हो । त्यसपछि मात्रै कुनै खेलाडीको फिटनेशसम्बन्धीको कुरा आउँछ । इडेनको विषयमा उसले धेरै फुटबल खेलेको छैन त्यसको मुल्यांकन हामीले दैनिक गरेका छौं, जसरी हामी प्रत्येक खेलाडीको गछांंै ।’