अर्किड कप

उपाधिका लागि माउन्ट सेब र गेटवे भिड्ने

काठमाडौं । माउन्ट सेब र गेटवे एकेडेमी आठौं अर्किड कप अन्तर विद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनल प्रवेश गरेका छन् ।

माउन्ट सेबले गोल्डेन बडलाई ३-० ले पराजित गर्यो । माउन्ट सेबका लागि आशिष गौतम, आशुतोष गौतम र आयुश सिंहले गोल गरे ।

गेटवेले ब्रम्हकुञ्जलाई २-० ले हरायो । गेटवेका लागि दुवै गोल रजत बस्नेतले गरे ।

प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । शीर्ष चार स्थानमा रहनेले क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ पाउने छन् ।