इटालियन सिरी ‘ए’

रोमाले गर्यो प्रशिक्षक माउरिन्होलाई बर्खास्त

काठमाडौं । इटालियन सिरी ‘ए’ क्लब रोमाले मुख्य प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गरेको छ ।

सन् २०२१ मा रोमाको मुख्य प्रशिक्षकमा नियुक्त भएका ६० वर्षीय माउरिन्होले क्लबलाई युरोपा कन्फेरेन्स लिगको उपाधि दिलाएका थिए । यस्तै, उनकै प्रशिक्षणमा रोमाले सन् २०२३ को युरोपा लिग फाइनल पनि खेलेको थियो ।

जारी सिजन खराब लयमा रहेको  रोमा सिरी ‘ए’ को नवौँ स्थानमा छ । गत हप्ता सहरी प्रतिद्धन्द्धी लाजियोसँग पराजित भएपछि रोमा कोपा इटालियाबाट बाहिरिएको थियो ।