माघ ६, २०८२ मंगलबार | २०:२०:४१
एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी

श्रीलंका आर्मी र हेल्प नेपालको विजयी सुरुआत

एपिएफसँग प्रतिस्पर्धा गर्दै श्रीलंका आर्मी,तस्विरः वसन्त शेर्पा, पोखरा

काठमाडौं । श्रीलंका आर्मी र हेल्प नेपाल स्पोर्टस क्लबले टाइगर कप भलिबल प्रतियोगिताको चौथो संस्करणमा पुरुषतर्फ विजयी सुरुआत गरेका छन् ।

पोखरा रंगशालास्थित कोर्टमा मंगलबार भएको खेलमा श्रीलंकाले नेपाल एपिएफ क्लब र हेल्प नेपालले त्रिभुवन आर्मी क्लबविरुद्ध समान ३-१ सेटको जित निकालेका हुन् ।

पुरुषतर्फको पहिलो तथा दिनको तेस्रो खेलमा श्रीलंकाले सुरुआती दुई सेट २५-२३ र २५-१९ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २५-२१ ले जित्दै एपिएफले खेलमा फर्किने संकेत गरेको थियो । तर चौथो सेट २५-१३ ले आफ्नो पक्षमा पार्दै श्रीलंकाले सुखद् सुरुआत गर्यो ।

जितसँगै श्रीलंकाले समूह ‘बी’ मा तीन अंक जोडेको छ । पहिलो पराजय ब्यहोरेको एपिएफको पनि दुई खेलबाट तीन अंक नै छ ।  एपिएफले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो ।

एपिएफसँग प्रतिस्पर्धा गर्दै श्रीलंका आर्मी,तस्विरः वसन्त शेर्पा, पोखरा

दिनको चौथो तथा अन्तिम खेलमा सुरुआती दुई २५-१८ र २५-२० ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले तेस्रो सेट भने २३-२५ ले गुमाएको थियो । चौथो सेट २५-२० ले जित्दै हेल्प नेपालले विजयी सुरुआत गर्यो ।

जितसँगै समूह ‘ए’ को हेल्प नेपालले तीन अंक जोडेको छ । पहिलो पराजय ब्यहोरेको आर्मी अंकविहिन छ । खराब प्रकाशका करण सोमबार स्थगित आर्मी र गण्डकीबीचको खेल पछि खेलाइनेछ ।

महिलातर्फ मंगलबार नै सम्पन्न खेलमा नेपाल पुलिस क्लबले घरेलु टोली गण्डकी प्रदेशलाई ३-० तथा त्रिभुवन आर्मी क्लबले हरियाणा टिम इन्डियालाई ३-२ को सेटमा पराजित गरे ।

२५-१०, २५-९, २५-१६ को सहज जित निकाल्यो । यसैगरी  पहिलो सेट २५-३२ ले आफ्नो पक्षमा पारेको आर्मीले त्यसपछिका दुई सेट २०-२५ र १८-२५ ले गुमायो । चौथो सेट २५-१७ ले आफ्नो पक्षमा पार्दै आर्मीले खेललाई पाँचौं सेटसम्म पुर्याएको थियो ।

पाँचौं तथा निर्णायक सेटमा १५-१२ ले आफ्नो पक्षमा पार्दै आर्मीले पहिलो जित दर्ता गर्यो ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate