चैत्र १५, २०८२ आइतबार | २२:२६:११
कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज

श्रीलंका आर्मी र हेल्प नेपालको विजयी सुरुआत

एपिएफसँग प्रतिस्पर्धा गर्दै श्रीलंका आर्मी,तस्विरः वसन्त शेर्पा, पोखरा

काठमाडौं । श्रीलंका आर्मी र हेल्प नेपाल स्पोर्टस क्लबले टाइगर कप भलिबल प्रतियोगिताको चौथो संस्करणमा पुरुषतर्फ विजयी सुरुआत गरेका छन् ।

पोखरा रंगशालास्थित कोर्टमा मंगलबार भएको खेलमा श्रीलंकाले नेपाल एपिएफ क्लब र हेल्प नेपालले त्रिभुवन आर्मी क्लबविरुद्ध समान ३-१ सेटको जित निकालेका हुन् ।

पुरुषतर्फको पहिलो तथा दिनको तेस्रो खेलमा श्रीलंकाले सुरुआती दुई सेट २५-२३ र २५-१९ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २५-२१ ले जित्दै एपिएफले खेलमा फर्किने संकेत गरेको थियो । तर चौथो सेट २५-१३ ले आफ्नो पक्षमा पार्दै श्रीलंकाले सुखद् सुरुआत गर्यो ।

जितसँगै श्रीलंकाले समूह ‘बी’ मा तीन अंक जोडेको छ । पहिलो पराजय ब्यहोरेको एपिएफको पनि दुई खेलबाट तीन अंक नै छ ।  एपिएफले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो ।

एपिएफसँग प्रतिस्पर्धा गर्दै श्रीलंका आर्मी,तस्विरः वसन्त शेर्पा, पोखरा

दिनको चौथो तथा अन्तिम खेलमा सुरुआती दुई २५-१८ र २५-२० ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले तेस्रो सेट भने २३-२५ ले गुमाएको थियो । चौथो सेट २५-२० ले जित्दै हेल्प नेपालले विजयी सुरुआत गर्यो ।

जितसँगै समूह ‘ए’ को हेल्प नेपालले तीन अंक जोडेको छ । पहिलो पराजय ब्यहोरेको आर्मी अंकविहिन छ । खराब प्रकाशका करण सोमबार स्थगित आर्मी र गण्डकीबीचको खेल पछि खेलाइनेछ ।

महिलातर्फ मंगलबार नै सम्पन्न खेलमा नेपाल पुलिस क्लबले घरेलु टोली गण्डकी प्रदेशलाई ३-० तथा त्रिभुवन आर्मी क्लबले हरियाणा टिम इन्डियालाई ३-२ को सेटमा पराजित गरे ।

२५-१०, २५-९, २५-१६ को सहज जित निकाल्यो । यसैगरी  पहिलो सेट २५-३२ ले आफ्नो पक्षमा पारेको आर्मीले त्यसपछिका दुई सेट २०-२५ र १८-२५ ले गुमायो । चौथो सेट २५-१७ ले आफ्नो पक्षमा पार्दै आर्मीले खेललाई पाँचौं सेटसम्म पुर्याएको थियो ।

पाँचौं तथा निर्णायक सेटमा १५-१२ ले आफ्नो पक्षमा पार्दै आर्मीले पहिलो जित दर्ता गर्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो