इङ्लिस प्रिमियर लिग

किमिच भित्र्याउने युनाइटेडको चाहना

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले जर्मन मिडफिल्डर जोसुवा किमिच भित्र्याउने इच्छा देखाएको छ । युनाइटेडले किमिचलाई आगामी जनवरी ट्रान्सफर विन्डोमा जर्मन क्लब बायर्न म्युनिखबाट भित्र्याउन चाहेको हो ।

सन् २०१५ मा अर्को जर्मन क्लब आरबी लाइपजिगबाट बायर्न भित्रिएका किमिचले २ सय ४५ बुन्डेसलिगा खेलमा २६ गोल गरेका छन् । किमिच अनुबन्धका लागि प्रिमियर लिगकै म्यानचेस्टर सिटी र लिभरपुलले पनि चासो देखाइरहेका छन् ।