माघ १८, २०८२ आइतबार | १३:१८:२४
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

एनएसएलको शीर्ष पाँच गोलकर्ता नै विदेशी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको शीर्ष पाँच गोलकर्ता नै विदेशी रहेका छन् ।

पछिल्लो समय नेपाली खेलाडीको घट्दो प्रभावसँगै सहभागी ९ टोलीले नै आफ्नो हरेर पोजिसनको जिम्मेवारी विदेशी खेलाडीलाई सुम्पिएका हुन् ।  

त्यसमा पनि अग्रपंक्तीमा धेरै छन् । नतिजा नेपाली खेलाडीले कम गोल गरेका छन् भने विदेशी खेलाडीले धेरै गोल गरे । यसपटक ९ मध्ये तीन टोलीमा मात्रै नेपाली गोलकिपरलाई अवसर दिए । पाँच टोलीले विदेशी गोलकपिर अनुबन्ध गरेका हुन् ।

पोखरा थन्डर्सका मोसेस ग्याबा  ट्वाम र वीरगंजका विलियम ओपोकुले समान पाँच गोल गरेका छन् । 

अधिकांश प्रभावशाली खेलाडी अस्ट्रेलिया लगायत देशमा पलायन भएपछि हरेक टोलीले ६ सम्म विदेशी खेलाडी अनुबन्ध गर्ने नियम रहेको थियो । जसमा पाँच खेलाडी मैदान उतार्न पाउथे ।

पोखरा थन्डर्सका मोसेस ग्याबा ट्वाम र वीरगंजका विलियम ओपोकुले समान पाँच गोल गरेका छन् । घानाका यी दुई खेलाडी नेपाली फुटबलमा परिचित नाम हुन् । मोसेसले चितवन, झापा, बुटवल लुम्बिनी, वीरगंज र धनगढीविरुद्ध गोल गरेका छन् ।

यसपटक एक मात्रै ह्याट्रिक भएको छ । वीरगंजका विलियमले काठमाडौंविरुद्ध ह्याट्रिक गरेका थिए। यसबाहेक उनले ललितपुर सिटी र इलामविरुद्ध गोल गरेका छन्  ।

यसैगरी चार खेलाडीले समान तीन गोल गरेका छन् । बुटवल लुम्बिनीका स्टेफन बिनोङ, धनगढीका आफिज ओलावाले, काठमाडौंका जुनियर र चितवनका रफिक अमिनुले समान तीन गोल गरेका हुन् ।

दुई गोल गर्नेमा चार  विदेशी रहँदा दुई मात्रै नेपाली खेलाडी परेका छन् । 

सर्वाधिक ६ गोल गर्ने सबै खेलाडीले विक्रम सम्बत २०७९/ ०८० सालमा भएको सहिद स्मारक ‘ए’ डिभिजन  लिग खेलेका थिए ।

मोसेसले विभागीय नेपाल पुलिस क्लब, विलियमले सातदोबाटो, स्टेफनले खुमलटार, आफिजले मच्छिन्द्र, जुनियरले न्युरोड टिम (एनआरटी) र अमिनुले फ्रेन्ड्स क्लबबाट खेलेका थिए ।

दुई गोल गर्नेमा चार जना विदेशी रहँदा दुई मात्रै नेपाली खेलाडी परेका छन् । ललिपुरका पापा केबे, धनगढीका अहमद हिजाजी , वीरगंजका एकिन्स बुफाेर,  इलामका फोडे कामरा, काठमाडौंका राजिव लोप्चान र बुटवल लुम्बिनीका मार्की तथा कप्तान एरिक विष्टले समान दुई गोल गरेका हुन् ।

पहिलो संस्करणमा पनि विदेशी खेलाडी नै प्रभावकारी देखिएका थिए । 

 ३२ खेलाडीबाट समान एक गोल भएका छन् । पहिलो संस्करणमा पनि विदेशी खेलाडी नै प्रभावकारी देखिएका थिए । काठमाडौंका मेसुके ओलुमोउले सर्वाधिक आठ, धनगढीको ओलावाले र विराटनगर सिटी एफसीका पेड्रो जाभियर मान्जीले समान चार  गोल गरेका थिए ।

यसैगरी अञ्जन विष्ट, सन्तोष तामाङ र बिनोङले समान तीन गोल गर्दा लक्ष्मण रुचाल, एडेलाजा सोमिडे, नवयुग श्रेष्ठ र नुर्लान जाहिदले समान दुई गोल गरेका थिए  । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।