चैत्र १८, २०८२ बुधबार | ११:५२:१७
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

एनएसएलको शीर्ष पाँच गोलकर्ता नै विदेशी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको शीर्ष पाँच गोलकर्ता नै विदेशी रहेका छन् ।

पछिल्लो समय नेपाली खेलाडीको घट्दो प्रभावसँगै सहभागी ९ टोलीले नै आफ्नो हरेर पोजिसनको जिम्मेवारी विदेशी खेलाडीलाई सुम्पिएका हुन् ।  

त्यसमा पनि अग्रपंक्तीमा धेरै छन् । नतिजा नेपाली खेलाडीले कम गोल गरेका छन् भने विदेशी खेलाडीले धेरै गोल गरे । यसपटक ९ मध्ये तीन टोलीमा मात्रै नेपाली गोलकिपरलाई अवसर दिए । पाँच टोलीले विदेशी गोलकपिर अनुबन्ध गरेका हुन् ।

पोखरा थन्डर्सका मोसेस ग्याबा  ट्वाम र वीरगंजका विलियम ओपोकुले समान पाँच गोल गरेका छन् । 

अधिकांश प्रभावशाली खेलाडी अस्ट्रेलिया लगायत देशमा पलायन भएपछि हरेक टोलीले ६ सम्म विदेशी खेलाडी अनुबन्ध गर्ने नियम रहेको थियो । जसमा पाँच खेलाडी मैदान उतार्न पाउथे ।

पोखरा थन्डर्सका मोसेस ग्याबा ट्वाम र वीरगंजका विलियम ओपोकुले समान पाँच गोल गरेका छन् । घानाका यी दुई खेलाडी नेपाली फुटबलमा परिचित नाम हुन् । मोसेसले चितवन, झापा, बुटवल लुम्बिनी, वीरगंज र धनगढीविरुद्ध गोल गरेका छन् ।

यसपटक एक मात्रै ह्याट्रिक भएको छ । वीरगंजका विलियमले काठमाडौंविरुद्ध ह्याट्रिक गरेका थिए। यसबाहेक उनले ललितपुर सिटी र इलामविरुद्ध गोल गरेका छन्  ।

यसैगरी चार खेलाडीले समान तीन गोल गरेका छन् । बुटवल लुम्बिनीका स्टेफन बिनोङ, धनगढीका आफिज ओलावाले, काठमाडौंका जुनियर र चितवनका रफिक अमिनुले समान तीन गोल गरेका हुन् ।

दुई गोल गर्नेमा चार  विदेशी रहँदा दुई मात्रै नेपाली खेलाडी परेका छन् । 

सर्वाधिक ६ गोल गर्ने सबै खेलाडीले विक्रम सम्बत २०७९/ ०८० सालमा भएको सहिद स्मारक ‘ए’ डिभिजन  लिग खेलेका थिए ।

मोसेसले विभागीय नेपाल पुलिस क्लब, विलियमले सातदोबाटो, स्टेफनले खुमलटार, आफिजले मच्छिन्द्र, जुनियरले न्युरोड टिम (एनआरटी) र अमिनुले फ्रेन्ड्स क्लबबाट खेलेका थिए ।

दुई गोल गर्नेमा चार जना विदेशी रहँदा दुई मात्रै नेपाली खेलाडी परेका छन् । ललिपुरका पापा केबे, धनगढीका अहमद हिजाजी , वीरगंजका एकिन्स बुफाेर,  इलामका फोडे कामरा, काठमाडौंका राजिव लोप्चान र बुटवल लुम्बिनीका मार्की तथा कप्तान एरिक विष्टले समान दुई गोल गरेका हुन् ।

पहिलो संस्करणमा पनि विदेशी खेलाडी नै प्रभावकारी देखिएका थिए । 

 ३२ खेलाडीबाट समान एक गोल भएका छन् । पहिलो संस्करणमा पनि विदेशी खेलाडी नै प्रभावकारी देखिएका थिए । काठमाडौंका मेसुके ओलुमोउले सर्वाधिक आठ, धनगढीको ओलावाले र विराटनगर सिटी एफसीका पेड्रो जाभियर मान्जीले समान चार  गोल गरेका थिए ।

यसैगरी अञ्जन विष्ट, सन्तोष तामाङ र बिनोङले समान तीन गोल गर्दा लक्ष्मण रुचाल, एडेलाजा सोमिडे, नवयुग श्रेष्ठ र नुर्लान जाहिदले समान दुई गोल गरेका थिए  । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो