इङ्लिस प्रिमियर लिग

चेल्सी घरेलु मैदानमै पराजित

काठमाडौं । चेल्सी इङ्लिस प्रियिमर लिगमा शनिबार घरेलु मैदानमै ब्रेन्टफार्डसँग २-० ले पराजित भएको छ ।

जितसँगै १० खेलमा १३ अंक जोडेको बे्रन्टफोर्ड १० औं स्थानमा छ । पराजय व्यहोरेको चेल्सी समा खेलबाट १२ अंकका साथ ११ औं स्थानमा छ ।

स्टामफोर्ड ब्रिजमा ब्रेन्टफोर्डलाई सहज जित दिलाउन इथन पिन्नक र बायर्न एमबेउमोले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको हो ।

खेलको ५८ औं मिनेटमा पिन्नकको गोलमार्फत बे्रन्टफोर्डले अग्रता लिएको थियो । उनले एमबेउमोको पासलाई सदुपयोग गरेका थिए ।

एमबेउमोले इन्जुरी समयमा नियल मेउपेको पासलाई पोस्टको दिशा दिँदा ब्रेन्टफोर्ड २-० ले विजयी भयो ।