इटालियन फुटबल

टोनालीमाथि १० महिनाको प्रतिबन्ध

काठमाडौं । इङ्लिस क्लब न्युक्यासल युनाइटेडका इटालियन मिडफिल्डर स्यान्ड्रो टोनालीमाथि १० महिनाको प्रतिबन्ध लागेको छ ।

सट्टेबाजी नियम उल्लंघन गरेको आरोपमा इटालियन फुटबल संघले टोनालीमाथि प्रतिबन्ध लगाएको बिबीसीले जनाएको छ । २३ वर्षीय टोनालीले अब सन् २०२४ को अगस्टसम्म खेल्न पाउने छैनन् ।

यसको अर्थ उनले जारी सिजनका साथै इटली छनोट भएमा २०२४ को युरोपियन च्याम्पियनसिप पनि गुमाउने छन् ।

यसअघि संघले युभेन्टसका मिडफिल्डर निकोलो फागिओलीलाई पनि सात महिनाको प्रतिबन्ध लगाएको थियो ।