चैत्र १२, २०८२ बिहीबार | २१:४५:५३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एसियाली पारा खेलकुदः टेबल टेनिसमा नेपाल पराजित

टेबल टेनिस खेलाडी डिगमसिंह चेम्जोङ

काठमाडौं । चीनको हाङझाउमा जारी चौथो एसियाली पारा खेलकुदमा बिहीबार नेपालले टेबल टेनिसका दुवै स्पर्धामा पराजय व्यहोरेको छ । नेपालले पुरुष डबल्सको क्लास एमडी ८ र मिक्स डबल्सको क्लास एक्सडी ७-१० मा खेलेको थियो ।

जिएपी जिम्न्याजियममा नेपालले पुरुष डबल्समा वाक ओभर दिँदा मिक्स डबल्समा ३-० को हार व्यहोर्यो ।

पुरुष डबल्सको प्रि-क्वार्टरफाइनलमा डिगमसिंह चेम्जोङ र केशव थापाको जोडीले दक्षिण कोरियाका जेहयियोन पार्क र यङबोकको जोडीलाई वाक ओभर दिए ।

यसैगरी मिक्स डबल्सको प्रि-क्वार्टरफाइनलमा डिगम र लाली तामाङको जोडी काजाकिस्तानका एलेक्जन्दर स्टेपानोभा र यर्लन काजियेभको जोडीसँग ११-६, ११-५,११-४ को सोझो सेटमा पराजित भए ।

नेपालले शुक्रबार एथलेटिक्स तथा पौडीको हिट चरणमा प्रतिस्पर्धा गर्नेछ । एथलेटिक्सको पुरुष ४ सय मिटर दौडको टि ४७ मा सुरज भारले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । 

पौडीको पुरुष ५० मिटर फ्रिस्टायलको एस ७ मा रमेश खत्री तथा महिला ५० मिटर फ्रि-स्टायलको एस ६ मा जेनिशा कडायतले खेल्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो