काठमार्डौं । फिफा वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोलीले दुई स्थान सुधार गरेको छ ।
फिफाले बिहीबार सर्वाजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १ सय ७३ औँ स्थानमा छ । यसअघि नेपाल १ सय ७५ औँ स्थानमा थियो ।
नेपालले भर्खरै विश्वकप छनोट-२०२६ को पहिलो चरणमा लाओसलाई समग्रमा २-१ ले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाएको थियो ।
घरेलु मैदानमा भएको पहिलो लेगमा नेपालले १-१ को बराबरी खेल्दा दोस्रो लेगमा लाओसलाई उसैको मैदानमा १-० ले हराएको थियो ।
यही जितका कारण नेपालले वरीयतमा १०अंक थप गर्दै दुई स्थान सुधार गरेको हो । हाल नेपालको ९६३.८२ अंक छ ।
नयाँ वरीयातामा दक्षिण एसियामा भारत १ सय २, माल्दिभ्स १ सय ६१ , भुटान १ सय ८२, बंगलादेश १ सय ८३, पाकिस्तान १ सय ९३ र श्रीलंका २ सय २ औँ स्थानमा छन् ।
विश्वकप विजेता अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा कायम छ । यसैगरी फ्रान्स, ब्राजिल, इङ्ल्यान्ड, बेल्जियमा, पोर्चुगल, नेदरल्यान्ड्स, स्पेन, इटाली क्रोएसिया क्रमशः दोस्रो देखि १० औं स्थानमा छन् ।