फिफा विश्वकप छनोट

‘हेट टु हेड’ मा लाओसभन्दा नेपाल बलियो

काठमाडौं । फिफा विश्वकप छनोट २०२६ को छनोटमा नेपालले बिहीबार लाओसको सामना गर्दैछ । दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुने खेलमा नेपाल घरेलु समर्थकमाझ सानदार प्रदर्शन गर्न चाहन्छ ।

खेलअघि नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एनेस र कप्तान किरणकुमार लिम्बूले जित निकाल्ने खेल्ने बताएका छन् ।

हाल नेपाली टोलीका अनुभवी खेलाडीहरुमा किरणसँगै रक्षक रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान र मनिष डांगी छन् । हाल २३ सदस्यीय टोलीमा ९ खेलाडीले डेब्यु गर्न बाँकी छ । सञ्जिव विष्ट र अमृत श्रेष्ठले पहिलो पटक टोलीमा स्थान बनाएका छन् ।

नेपाल र लाओसले हालसम्म औपचारिक र अनौपचारिक गरि ४ खेल खेलेका छन् । ३ खेलमा नेपाल विजय हुँदा १ खेल बराबरीमा टुङ्गिएको छ ।

नेपाल र लाओसले पहिलो पटक सन् सन् २०१६ मा एक अर्काको सामना गरेका थिए । यो मैत्रीपूर्ण खेलको १-१ को बराबरीमा सकिएको थियो ।

सन् २०१६ मै एएफसी सोलिडारिटी कपमा भएको दोस्रो भेटमा भने नेपाल पेनाल्टी सुटआउटमा विजयी भएको थियो । निर्धारित समय २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

गत मार्चमा दशरथ रंगशालामै सम्पन्न प्रधानमन्त्री थ्री नेसन्स कपमा यी टोली दुई पटक आमने सामने भएका थिए ।

नेपालले लिग चरणमा २-० र फाइनलमा २-१ को जित दर्ता गरेको थियो। फिफा डेमा नपरेको हुँदा फाइनल खेलले भने अन्तर्राष्ट्रिय मान्यता पाएको थिएन ।