टेबल टेनिस

अन्तर वडा टेबल टेनिस प्रतियोगिता कात्तिकमा

table tennis

काठमाडौं । आगमी कात्तिक १ देखि ४ सम्म स्पिन इभेन्टसको आयोजनामा अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने भएको छ ।

अखिल नेपाल टेबल टेनिस संघको वार्षिक कार्यक्रम अन्तर्गतको प्रतियोगिता सातदोबाटोस्थित कराते हलमा हुनेछ ।

सुमन खड्गी मुख्य प्रायोजक रहेको प्रतियोगितालाई गोदावरी नगरपालिका, जिल्ला खेलकुद विकाश समिति ललितपुरले प्रायोजको रुपमा साथ दिएका छन् ।

प्रतियोगितामा महिला र पुरुष एकल, गर्ल्स, ब्वाइज एकल यु १६, महिला पु्रुष टिम्स, महिला, पुरुष भेट्रान (४० वर्ष माथि), पुरुष एकल ( ५० वर्ष माथि) र पुरुष एकल ( ६० माथि) विधा समावेश छ ।

टिम इभेन्टसका शीर्ष विजेता, उपविजेता र सेमिफाइनलमा पराजित हुनेलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी महिला पुरुष एकलतर्फका विजेता, उपविजेता र सेमिफाइनलमा पराजित हुनेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यस्तै अन्य विधाका विजेता, उपविजेता र सेमिफाइनलमा पराजित हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय प्राप्त गर्नेछन् ।

यसैगरी पदकको आधारमा शीर्ष स्थानमा रहने वडालाई रनिङ शिल्ड प्रदान गरिनेछ ।

प्रतियोगिताको अनुमानित बजेट १५ लाख रहेको आयोजकले जनाएको छ ।